अमेरिकी राजधानीमा इजरायली दूतवासको दुई कर्मचारीको हत्या « Khabarhub

अमेरिकी राजधानीमा इजरायली दूतवासको दुई कर्मचारीको हत्या


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा इजरायली राजदूतावासमा काम गर्ने दुई जना कर्मचारीको हत्या गरिएको छ । अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित यहूदी सङ्ग्रहालयनजिकै उनीहरुको हत्या गरिएको हो ।

उनीहरुमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इजरायली कूटनीतिज्ञको समूहलाई लक्षित गरी गोली प्रहार गर्नुअघि बन्दुकधारीले ‘स्वतन्त्र प्यालेस्टाइन’ को नारा लगाएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

समाचार संस्था एपीका अनुसार संदिग्ध बन्दुकधारी शिकागोका ३० वर्षीय एलियास रोड्रिग्वेज हुन् । अमेरिकाका लागि इजरायली राजदूत यिचल लिस्टरले मारिनेहरु दुबै जना प्रेम सम्बन्धमा रहेको जनाएका छन् । उनका अनुसार मृतक प्रेमिकालाई प्रस्ताव गर्न प्रेमीले गत सातामात्रै औँठी किनेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डीसीमा भएको क्रुर हत्या, जुन अवश्य यहूदीविरोधी भावनामा आधारित छ, तत्काल रोकिनुपर्छ ।’

उनले अमेरिकामा घृणा र उग्रवादको कुनै स्थान नरहेको पनि प्रष्ट पारेका छन् । त्यसैगरी, इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ११ : ०८ बजे

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि