ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प « Khabarhub

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एथेन्स– ग्रिस टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ ।

पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ ।

ग्रिक मुख्य भूमिको दक्षिणपूर्वमा साइक्लेड्स समूहको सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरूबीच जनवरीको अन्त्यदेखि मुख्यतया कम परिमाणका हजारौँ भूकम्प रेकर्ड गरिएको छ ।

यो भूकम्पीय झुण्डले कुनै जनधनको हानि वा महत्त्वपूर्ण क्षति पुर्‍याएको छैन ।

अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने ठाउँमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन् ।

तर विज्ञहरूका अनुसार यो क्षेत्रले सन् १९६४ मा रेकर्ड राख्न सुरु गरेदेखि यस्तो तीव्रताको घटना अनुभव गरेको थिएन । -रासस

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १ : ०२ बजे

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौं– आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा

राजधानी शहर छाडेर अन्तै जान तेहरानका ९० लाख बासिन्दालाई इरानी सुरक्षा परिषदको आह्वान

काठमाडौं- इरानको राष्ट्रिय सुरक्षा परिषदले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली– इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना

मनाङ– हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक