भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न पाकिस्तानको आदेश « Khabarhub

भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न पाकिस्तानको आदेश


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- भारत र पाकिस्तानबीच तनाव जारी छ। पछिल्लो पटक पाकिस्तानले इस्लामाबादस्थित भारतीय दूतावासका एक कर्मचारीलाई देश छाड्न आदेश दिएको छ।

सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न भनिएको छ। पाकिस्तानको विदेश मन्त्रालयले भारतीय दूतावासका प्रमुखलाई बोलाएर उनीहरूलाई उक्त निर्णयको जानकारी दिएको हो ।

भारतीय कर्मचारीमाथि यस्तो गतिविधिमा संलग्न भएको आरोप लागेको छ, जुन पाकिस्तानमा उनको आधिकारिक हैसियतअनुसार उचित छैन । उनलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न भनिएको छ ।

यसअघि २१ मे मा भारत सरकारले पाकिस्तान दूतावासका अर्का एक अधिकारीलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गरेको थियो ।

भारतको विदेश मन्त्रालयले पाकिस्तान दूतावासलाई भारतमा कुनै पनि पाकिस्तानी कूटनीतिज्ञ वा अधिकारीले आफ्नो विशेषाधिकार र हैसियतको दुरुपयोग नगरोस् भन्ने सुनिश्चित गर्न भनिएको जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १ : ०१ बजे

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि