राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो | Khabarhub Khabarhub

राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

जयपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गरेका छन् । उनले उक्त सम्बोधनका क्रममा ‘अप्रेशन सिन्दूर’को लामो व्याख्यासहित भारतीय सेनाको प्रशंसा गरे ।

‘अप्रिल २२ तारिखको हमलाको जवाफ हामीले २२ मिनेटमै दियौँ । आतंककारीहरूका ९ ठूला ठेगाना ध्वस्त पार्यौँ’, उनले भने, ‘संसार र देशका दुश्मनहरूले पनि जब सिन्दूर बारुद बन्छ, त्यसको परिणाम के हुन्छ भन्ने देखेका छन् ।’

प्रधानमन्त्री मोदीले आतंककारीहरूले हमला गरेपछि भारत सरकारले देशका तीनवटै सेनालाई कारबाहीका लागि खुला छूट दिएको बताए। त्यसपछि ती तीन सेनाले बनाएको रणनीतिसामु पाकिस्तान घुँडा टेक्न बाध्य भएको उनले जिकिर गरे ।

उनले फेरि एकपटक आफ्ना तीन कुरा दोहोर्‍याउँदै भने, ‘अब आणविक हमलाको धम्की चल्दैन । यस्ता कुनै पनि हमलालाई युद्धको कारबाही मानिनेछ, त्यसका लागि भारतले आफ्नै तरिकाले जवाफ दिनेछ ।’

उनले सिन्दूर मेटाउन निस्केकाहरू नै मेटिएका बताए । ‘तिनीहरूलाई हामीले माटोमा मिसायौं। जो सोच्थे भारत चुप बस्नेछ, जो आफ्ना हतियारमा घमण्ड गर्थे, आज उनीहरू भग्नावशेषको थुप्रोमा पुरिएका छन्’, उनले भने, ‘मेरा प्रिय देशवासीहरू, यो बदला होइन । यो न्यायको नयाँ रूप हो। यो ‘अप्रेशन सिन्दूर’ हो। यो केवल आक्रोश होइन ।’

उनले राजस्थानको वीरभूमिले भारतवासीलाई देश र देशवासीभन्दा ठूलो केही नहुने सिकाएको बताए ।

‘अप्रिल २२ तारिखमा आतंककारीहरूले धर्म सोधी सोधी निर्दोषहरूलाई मारेर सिन्दूर उजाडिदिए’, उनले भने, ‘हमला पहलगाममा भएको थियो, तर त्यसको पीडा पूरै देशले महसुस गर्यो। त्यसपछि देशभर आतंकवादलाई जरैदेखि समाप्त पार्ने अठोट बन्यो । हाम्रो सेनाले दिएको जवाफले पाकिस्तान घुँडा टेक्न बाध्य भयो ।’

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १ : ११ बजे

दशैँ : कति बजे छ टीकाको साइत ?

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं– भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति