युट्युबरका नाममा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच बैठकमै भनाभन « Khabarhub

युट्युबरका नाममा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच बैठकमै भनाभन


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरूलाई बोल्नका लागि सभापति पोखरेलले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो ।

सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका बिषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको बताए ।

सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्छ भन्दा सभापति पोखरेलले पेल्न खोजेको उनले बताएका छन् ।

सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको बताउँदै त्यो खिच्न छुट्टै व्यक्ति ल्याएकोसमेत आरोप लगाए ।

त्यस्तै सभापति पोखरेलले हरेक पटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभई पार्टीले पठाएको जवाफ दिएका थिए ।

भनाभनका क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युबबाट विज्ञापन गर्न स्टन्ट गरेको जिकिर गरेका थिए ।

यसैबीच सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न गठित विभिन्न उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।

समितिमा परेका उजुरी मध्ये ४८ वटा उजुरीहरू छानबिनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  २ : २७ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा