राजावादीलाई पृथ्वीसुब्बाको चेतावनी- सरकारको उदारतालाई कमजोरी नठान्नुस् « Khabarhub

राजावादीलाई पृथ्वीसुब्बाको चेतावनी- सरकारको उदारतालाई कमजोरी नठान्नुस्


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको उदारतालाई कमजोरी नठान्न राजावादीलाई चेतावनी दिएका छन्  । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राजावादीहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिइएको भन्दै निरन्तर संविधान उलङ्घनको काम भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । 

उनले अव राजावादीको आगामी गतिविधिको आधारमा सरकारले आवश्यक प्रतिवाद गर्ने स्पष्ट पारे । गुरुङले संविधान विरोधी क्रियाकलाप बढिरहेको र हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिने काम भइरहेको उल्लेख गरे । 

उनले राजावादीको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म प्रतिबन्ध नलगाएको जिकिर गरे ।  

उनले जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई सरकारले भव्य रूपमा मनाउन लागेको जानकारी दिए । परिवर्तनका लागि महत्त्वपूर्ण योगदान गरेको दलहरू गणतन्त्रका पक्षमा एकै ठाउँमा रहेको उनले बताए । 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ३ : ०२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना