राजावादीलाई पृथ्वीसुब्बाको चेतावनी- सरकारको उदारतालाई कमजोरी नठान्नुस् « Khabarhub

राजावादीलाई पृथ्वीसुब्बाको चेतावनी- सरकारको उदारतालाई कमजोरी नठान्नुस्


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको उदारतालाई कमजोरी नठान्न राजावादीलाई चेतावनी दिएका छन्  । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राजावादीहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिइएको भन्दै निरन्तर संविधान उलङ्घनको काम भइरहे सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । 

उनले अव राजावादीको आगामी गतिविधिको आधारमा सरकारले आवश्यक प्रतिवाद गर्ने स्पष्ट पारे । गुरुङले संविधान विरोधी क्रियाकलाप बढिरहेको र हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिने काम भइरहेको उल्लेख गरे । 

उनले राजावादीको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म प्रतिबन्ध नलगाएको जिकिर गरे ।  

उनले जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई सरकारले भव्य रूपमा मनाउन लागेको जानकारी दिए । परिवर्तनका लागि महत्त्वपूर्ण योगदान गरेको दलहरू गणतन्त्रका पक्षमा एकै ठाउँमा रहेको उनले बताए । 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ३ : ०२ बजे

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय