स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना « Khabarhub

स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् । कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को संशोधन विधेयकमा संशोधनको माग गर्दै आन्दोलित भएका हुन् । 

कर्णालीका प्रदेश स्थानीय तहका कर्मचारीहरू आर्थिक वर्षको अन्तिम समयमा आन्दोलनमा उत्रिदा सेवा प्रवाहमा समस्या भएको छ ।  

कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को संशोधन विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका  स्थानीय तहका कर्मचारीहरूले आज मुख्यमन्त्री कार्यालय अघि  आन्दोलित हुँदै धर्ना  दिएका छन् ।

एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरूले आन्दोलन गरेका हुन ।

कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को संशोधन विधेयकमा जुन संंशोधनको विषयमा हामीले जुन माग गरेका थियौँ त्यसको निरन्तरता नदिएर बिचौलियाको माध्यमबाट ऐन ल्याउन खोजिएको कारणले आन्दोलन गर्नु परेको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेशका सह–संयोजक ओमप्रकाश नेपाली बताए । 

‘भूगोल नराखेर कसरी बढुवा गर्ने भन्ने विषयमा अहिले पनि अन्यौलता रहेको छ,’ उनले भने,‘ऐनमा केही बाझिएका विषयहरू रहेका छन् । त्यसलाई संशोधन हुन जरुरी रहेको छ ।’

स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् ।

स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा अहिले स्थानीय तहबाट हुने भुक्तानी लगायतका अन्य सेवा प्रवाहका काम प्रभावित भएका छन् । 

अहिले नागरिकको सेवा गर्ने बेलामा आन्दोलन गर्नु परेका कारणले प्रदेश सरकारले लाज मान्नु अवस्था आएको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेशका सह–संयोजक नेपाली बताए । ‘नागरिकको सेवा गर्ने बेला आन्दोलन गर्नु परेको छ,’ उनले भने,‘स्थानीय तहका कर्मचारी आन्दोलनमा रहेका कारणले आर्थिक वर्ष अन्तिममा सेवा प्रवाह रोक्नु हाम्रा लागि पनि दुःखद विषय हो ।’

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ३ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै