हिमपहिरो पीडितलाई आठ दिनपछि राहत « Khabarhub

हिमपहिरो पीडितलाई आठ दिनपछि राहत


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्ला जिल्ला नाम्खा गाउँपालिका–६ तिल गाउँमा हिमपहिरो पीडितलाई कर्णाली प्रदेश सरकारले आठ दिनपछि राहत पठाएको छ । मुख्यमन्त्री यामलाल कँडेलको निर्देशनमा आठ दिनपछि हिमपहिरो पीडित कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत पठाएको हो ।

जेठ १ गते राती हिमपहिरोमा परी जोखिममा रहेका स्थानीयहरूको लागि तत्काल राहतका सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । उनका अनुसार आज बिहान ११ बजे सुर्खेतबाट आवश्यक राहत सामग्रीहरू त्यसतर्फ पठाइएको छ । 

जिल्ला प्रशासन कार्यालय, हुम्लाले माग गरे बमोजिम पाँच सेट टेन्ट (अस्थायी घर), बिस क्वीन्टल खाद्यान्न, अठार सेट सोलार र म्याट्रेस लगायतका राहतका सामग्रीहरू सम्बन्धित क्षेत्रमा पठाइएको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ३ : ४८ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।