राजसंस्थाबारे कांग्रेस- देउवाले कहीँ नबोलेको, नभनेको कुरालाई प्रचार गर्नु अनैतिक « Khabarhub

राजसंस्थाबारे कांग्रेस- देउवाले कहीँ नबोलेको, नभनेको कुरालाई प्रचार गर्नु अनैतिक


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । केही सञ्चारमाध्यममा सभापति शेरबहादुर देउवालाई जोडेर समाचार प्रकाशन भएपछि कांग्रेसले पार्टीको धारणा दोहोर्‍याएको हो । 

‘नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहोर्‍याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मी मित्रहरूलाई आग्रह गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । 

कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे सभापति देउवाको धारणा भन्दै सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र आपत्तिजनक भएको कांग्रेसले प्रष्ट पारेको छ । 

‘उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ४ : १५ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा