राजसंस्थाबारे कांग्रेस- देउवाले कहीँ नबोलेको, नभनेको कुरालाई प्रचार गर्नु अनैतिक « Khabarhub

राजसंस्थाबारे कांग्रेस- देउवाले कहीँ नबोलेको, नभनेको कुरालाई प्रचार गर्नु अनैतिक


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । केही सञ्चारमाध्यममा सभापति शेरबहादुर देउवालाई जोडेर समाचार प्रकाशन भएपछि कांग्रेसले पार्टीको धारणा दोहोर्‍याएको हो । 

‘नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहोर्‍याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मी मित्रहरूलाई आग्रह गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । 

कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे सभापति देउवाको धारणा भन्दै सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र आपत्तिजनक भएको कांग्रेसले प्रष्ट पारेको छ । 

‘उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ४ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना