स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन आह्वान « Khabarhub

स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन आह्वान


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन विश्वव्यापी आह्वान गरेकि छन् ।

जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य सङ्गठनसभाको संसदीय संवाद कार्यक्रममा उनले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन् ।

अन्तर–संसदीय सङ्घ(आइपियू) स्वास्थ्य समितिको सदस्यसमेत रहेकी सांसद गौतमले कानुन निर्माण र आवश्यक लगानीका क्षेत्रमा विश्वभरका सांसदहरूलाई एकजुट भई सहकार्य र समन्वय गर्न आह्वान गरिन् । 

‘दृढताका साथ कानुन बनाऔँ, निर्भरतापूर्वक आवश्यक लगानी गरौँ र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिलाका रूपमा संरक्षण गरौँ’, उनले भनिन्, ‘सांसदहरू अब परिवेक्षक मात्र होइन, हामी उत्तरदायित्वको रक्षा, समताका पक्षधर र दूरगामी विकासका नेतृत्वकर्ता हौँ ।’

विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तर–संसदीय सङ्घ (आइपियू)को सहकार्यमा आयोजित उक्त संवाद कार्यक्रममा उनले हालै पारित भएको डब्लुएचओको महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन् । 

‘यो सम्झौताले महत्त्वपूर्ण कामको सुरुआत गरेको सङ्केत गर्दछ’, उनले भनिन्, ‘आगामी दिनमा महामारीको सम्भावना भएमा जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमा आदानप्रदान गर्नेदेखि न्यायोचित पहुँच सुनिश्चित गर्न पहुँच र लाभ साझेदारी प्रणालीमा संवाद र वार्ता गर्नुपर्नेछ ।’ त्यसका लागि विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्ने उनको भनाइ छ ।

सांसद गौतमले सबै राष्ट्रहरूका संसद्बाट यो अनुमोदन हुनु आवश्यक रहेको बताइन् । उनले दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने सङ्केत दिएकोप्रति चिन्तासमेत व्यक्त गरिन् । ‘नेपाल जस्तो निम्न आय भएका देशमा यसको गम्भीर असर पर्छ । भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन । जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन’, उनले भनिन् ।

सांसद गौतमले संसद् कार्यपालिकालाई जबाफदेही बनाउने मुख्य अङ्ग भएको भन्दै संसद्को सक्रियताबिना कुनै पनि प्रतिबद्धता प्रभावकारी नहुने बताइन् । उनले यस प्रकारको कार्यक्रमले संसद्लाई स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस भएको धारणा व्यक्त गरिन् । –रासस

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : ०१ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने