२८ वटा भन्सार नाकामध्ये वीरगञ्जबाट मात्रै ३४ प्रतिशत आयात, १० वटा भन्सारबाट शुन्य निर्यात « Khabarhub

२८ वटा भन्सार नाकामध्ये वीरगञ्जबाट मात्रै ३४ प्रतिशत आयात, १० वटा भन्सारबाट शुन्य निर्यात


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको वैदेशिक व्यापारको लागि २८ वटा भन्सार नाका सञ्चालनमा रहेका छन् । ती मध्ये चालु आर्थिक वर्षको १० महिना अवधिमा नेपालमा आयात भएको कुल वस्तुमध्ये वीरगञ्ज नाकाबाट मात्रै ३४ .३३ प्रतिशत आयात र ३६.२७ प्रतिशत निर्यात भएको छ ।

२८ वटा भन्सार नाकामध्ये १८ वटा नाकाबाट वस्तुको आयात निर्यात भएपनि १० वटा नाकाबाट भने वैदेशिक व्यापार एक प्रतिशत भन्दा न्यून भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा सञ्चालनमा भएका नाकामध्ये दोस्रो धेरै आयात भैरहवा नाकाबाट १४.६८ प्रतिशत र दोस्रो धेरै निर्यात बिराटनगर नाकाबाट २९.९८ प्रतिशत भएको हो ।

त्यस्तै, कुल वस्तु आयातमा विराटनगर नाकाबाट ११.५१, सुख्खा बन्दरगाहबाट १२.६१, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८.१४, रसुवाबाट ४.६५, तातापानीबाट २.७३, मेचीबाट २.६४, कृष्णनगरबाट १.४० र कैलालीबाट १.३५ प्रतिशत आयात भएको विभागले जनाएको छ । सञ्चालनमा रहेका अन्य भन्सार नाकाबाट भने एक प्रतिशत तल आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३.४१, मेचीबाट ९.८५, भैरहवाबाट ७.५५, सुख्खा बन्दरगाहबाट १.९४, जलेश्वरबाट १.१९ र नेपालगञ्जबाट १.१९ प्रतिशत वस्तु निर्यात भएको छ । तर, अन्य पाँचवटा नाकाबाट एक प्रतिशत भन्दा कम निर्यात भएको छ भने १० वटा नाकाबाट भने निर्यात शुन्य भएको छ ।

चोभार, गौतमबुद्ध, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी, ठाडी र त्रिवेणी नाकाबाट शुन्य निर्यातको अवस्था रहेको विभागको तथ्यांकले देखाएको हो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : २२ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले