काठमाडौंमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरु « Khabarhub

काठमाडौंमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरु


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न चार देशका युवा सहभागी ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला-२०२५’ आजदेखि सुरु भएको छ । डिल्लीबजारमा तीनदिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपालसहित भारत, पाकिस्तान र ताजिकिस्तानका १६ देखि २५ वर्ष उमेर समूहका २६ जना युवा सहभागी छन् । 

कार्यशालामा दिगो भविष्यका लागि हरित उद्यमको महत्त्व बुझाउँदै नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यसहित दक्षिण एसिया क्षेत्रीय युवा कार्यशालाको आयोजना गरिएको कार्यक्रम उपसंयोजक छिरिङ डोल्मा लामाले बताए । 

उनले भने, ‘कार्यशालाले युवालाई अन्तर्राष्ट्रिय नागरिक समाज र सरकारी प्रतिनिधिलाई आफ्ना माग व्यक्त गर्न, दक्षिण एसियामा युवा सञ्जाललाई प्रवर्द्धन गर्न मञ्च प्रदान गरेको छ । यस कार्यशालाले हरित उद्यमको अवस्थाबारे जानकारी आदानप्रदान गर्नेछ ।’

उपसंयोजक लामाले ‘हरित उद्यम र युवा सशक्तिकरणः राम्रो भविष्यका लागि एक पहल’को नारासहित कार्यशालाको आयोजना गरिएको बताए । 

उनले जलवायु उत्थानशीलता, युवा सीप विकास र नीति पैरवीसम्बन्धी छलफलका साथै विविध विषयमा प्रस्तुतीकरण, अन्तरक्रियात्मक सत्र र नीति निर्माता तथा विज्ञहरूसँग छलफल गरिने जानकारी दिए । 

‘हामीले अन्तिम दिन घोषणापत्र पनि सार्वजनिक गर्ने छौँ, जसलाई सम्बन्धित देशका युवाले सरोकार भएका मन्त्रालय वा हरित उद्यमसम्बन्धी काम गरिरहेका सरकारी निकायमा बुझाउनु हुनेछ । यसले हामीलाई अन्य राष्ट्रमा भइरहेका गतिविधि र कार्यका बारेमा जानकारी गराउने छ । यसबाट हामीले युवालाई हरित उद्यमको चुनौती, हरित उद्यममा कृतिम बौद्धिक (एआई) को प्रयोग, जलवायु परिवर्तन र यसका असरलगायत विविध विषयमा जानकारी दिनेछौँ’, उपसंयोजक लामाले भने । 

उक्त कार्यशालामा नेपालबाट १२, भारतबाट आठ, पाकिस्तानबाट चार र ताजकिस्तानबाट दुई जना युवा सहभागी छन् । बालबालिका तथा महिला सामाजिक सेवा र मानव अधिकार (सिविश) र टेरे डेस होम्स (टिडिएच) जर्मनीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठी शनिबार समापन हुनेछ । –रासस
 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : ५९ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर