हितेन्द्रले भने- लोडसेडिङको हल्लामा कुनै सत्यता छैन « Khabarhub

हितेन्द्रले भने- लोडसेडिङको हल्लामा कुनै सत्यता छैन


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।  

बिहीबार विराटनगरमा आयोजित बढी विद्युत् उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रम कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।

विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनले बताए । उनले मुलुकमा अहिले विद्युत् अभावको समस्या नरहेको भन्दै अहिले भइरहेको ट्रिपिङको समस्यालाई चाडै नै समाधान गरिने धारणा राखे ।

शाक्यले विद्युत् आपूर्तिको स्थितिमा वर्षेनी सुधार भइरहेको बताउँदै विश्वसनीय विद्युत् आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको जानकारी दिए । 

निजी क्षेत्र र उद्योगीहरूले सबैभन्दा बढी विद्युत् उपभोग गरेर विद्युत् प्राधिकरणको व्यापार वृद्धिमा सहयोग पुर्‍याएकोले सम्मान गर्ने नीति लिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ६ : ३३ बजे

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि