सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो « Khabarhub

सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यपक्ष र तत्कालीन अवस्थाको सशस्त्र विद्रोहमा होमिएको पक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रिया टुङ्गोमा पुराउनुपर्ने बताएका छन् । 

नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा गरेको ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल’ कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र विद्रोही सेना दुई थरी रहेको बताए ।

उनीहरू दुवै पक्षको द्वन्द्वका क्रममा १७ हजार मानिसको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले बताएका हुन् ।

उनले विश्वमा भएका द्वन्द्वमा हजारौँ लाखौँ मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे।

तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अब शान्तिप्रक्रिया टुङ्गाउनु राज्य पक्ष र सशस्त्र द्वन्द्वरत पक्षको बराबरी दायित्व भएको उनले बताए ।

भट्टराईले विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितहरूले आपत्ति जनाएका थिए । पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध गरिएपछि भट्टराई कार्यक्रम हुँदा हुँदै बीचमै छाडेर बाहिरिनुपरेको थियो । 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : १० बजे

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी

पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता

टक्सार– स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँ

इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौं– आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा