सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो « Khabarhub

सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यपक्ष र तत्कालीन अवस्थाको सशस्त्र विद्रोहमा होमिएको पक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रिया टुङ्गोमा पुराउनुपर्ने बताएका छन् । 

नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा गरेको ‘मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल’ कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र विद्रोही सेना दुई थरी रहेको बताए ।

उनीहरू दुवै पक्षको द्वन्द्वका क्रममा १७ हजार मानिसको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले बताएका हुन् ।

उनले विश्वमा भएका द्वन्द्वमा हजारौँ लाखौँ मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे।

तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अब शान्तिप्रक्रिया टुङ्गाउनु राज्य पक्ष र सशस्त्र द्वन्द्वरत पक्षको बराबरी दायित्व भएको उनले बताए ।

भट्टराईले विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितहरूले आपत्ति जनाएका थिए । पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध गरिएपछि भट्टराई कार्यक्रम हुँदा हुँदै बीचमै छाडेर बाहिरिनुपरेको थियो । 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : १० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ