कर्मचारीमा काम गर्ने मनसाय कम देखियो : मुख्यमन्त्री सिंह « Khabarhub

कर्मचारीमा काम गर्ने मनसाय कम देखियो : मुख्यमन्त्री सिंह


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशका कर्मचारीमा काम गर्ने मनसाय कम देखिएको बताएका छन् ।

अर्थ मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा राखिएको विनियोजन विधेयक २०८२ का लागि मस्यौदाको सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री सिंहले पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारी काम गर्ने मनसायमा कमै देखिएको बताए ।

कर्मचारीको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उनले निर्देशनसमेत दिए ।

कार्यक्रममा सहभागी सचिवलाई मुख्यमन्त्री सिंहले भने, ‘यो प्रवृत्तिले प्रदेश सरकारको कार्यक्षमता माथि नै प्रश्न उठ्छ, त्यसकारण यसलाई तपाईँहरू सुधार गर्नुस् । उत्कृष्ट काम गर्ने कर्मचारीलाई मनोबल बढाउन पुरस्कार र लापरबाही गर्ने कर्मचारीको घटुवा हुने व्यवस्था गर्नुस्, तब मात्रै यो समस्या समाधान हुन्छ ।’

कार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले कार्यविधिले बजेट खर्च हुन नसकेको बताए ।  रकमान्तर,  आयोजना तथा कार्यक्रमको संशोधन, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण, कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो । सङ्घीय नीतिलाई मध्यनजर गरेर जान सचिवहरूको सुझाव थियो । –रासस

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ३९ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा