अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित « Khabarhub

अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिज अघिको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ ।

बिहीबार भएको अभ्यासमा नेपालले ग्लोसेस्टरशायरविरुद्ध ७३ रनको सानदार जित हात पारेको हो । यसअघि नेपालले न्युपोर्ट क्रिकेट क्लब र मेरिलेबोन क्रिकेट क्लबलाई पनि सहजै पराजित गरेको थियो ।

आजको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए।

यस्तै कप्तान रोहितकुमार पौडेल ३५ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ३२ रन , अनिलकुमार साहले २९ रन र आरिफ शेखले अविजित २२ रन बनाए। ग्लोसेस्टरशायरका डेभिड पेन र अमन राओले समान दुई विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको ग्लोसेस्टरशायर १७.३ ओभरमा १२१ रनमा अल आउट भयो । नेपालका लागि सन्दीप लामिछाने, नन्दन यादव र बसिर अहमदले दुई दुई विकेट लिए ।

अब नेपालले आगामी जुन २ देखि स्कटल्याण्डमा विश्वकप लिग २ अन्तरगतको सिरिज खेल्ने छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ९ : १२ बजे

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा