फिलिपिन्स र अमेरिकाले दक्षिण चीन सागरमा गरे नौसैनिक अभ्यास « Khabarhub

फिलिपिन्स र अमेरिकाले दक्षिण चीन सागरमा गरे नौसैनिक अभ्यास


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्स र अमेरिकाले दक्षिण चीन सागरमा नौसैनिक अभ्यास सञ्चालन गरेका छन् । फिलिपिन्स र अमेरिकाका तटरक्षा बलले दक्षिण चीन सागरमा संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरेको फिलिपिन्सको सेनाले जनाएको छ ।

उक्त अभ्यास फिलिपिन्सको पलवान टापु र अक्सिडेन्टल मिन्डोरो टापुको तटपारी सञ्चालन गरिएको जनाइएको छ । यसमा फिलिपिनी नौसेना, वायुसेना र तटरक्षा बलको सहभागिता रहेको जनाइएको छ ।

यसका साथै अमेरिकाका तर्फबाट तटरक्षा बल र नौसैनिक पी–८ पोसाइडन समुद्री गस्ती जहाजले पनि अभ्यासमा सहभागिता जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । यस अभ्यासलाई ‘मरिटाइम कोअपरेटिभ एक्टिभिटी’ नाम दिइएको छ ।

यो संयुक्त सैन्य अभ्यास सन् २०२३ देखि सञ्चालन हुँदै आएको जनाइएको छ । पछिल्लो समय दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच तनाव बढिरहेका बेला संयुक्त नौसैनिक अभ्यास सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १० : ०७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता