ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान « Khabarhub

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरेको छ। गत महिना भएको भारत र पाकिस्तानको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाकिस्तानले यो तयारी गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ।

पाकिस्तान सरकारले सामाजिक सञ्जालमा लेख्दै पाकिस्तान र भारतको युद्ध नजिकिएकै समयमा ट्रम्पले कूटनीतिक क्षमता देखाएको उल्लेख गरेको छ।

गएको मे महिनामा हात हतियारले पूर्ण भएका दुई छिमेकी भारत र पाकिस्तान द्वन्द्व चलिरहेको समयमा चौथो दिन अकस्मात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोकिने कुरा बताएका थिए।

शनिबार सामाजिक सञ्जालमा पाकिस्तानी सरकारले तीव्र रूपमा भीषण युद्धको बाटोमा गई रहेको भारत र पाकिस्तानको तनावलाई रोकेर ट्रम्पले आफूलाई संसारकै अब्बल नेताको रूपमा पुष्टि गरेको जनाएको छ।

सो समयमा भएको युद्ध विरामको जस भारतले भने अमेरिकालाई दिएको छैन। भारतले युद्ध विराम हुनुमा तेस्रो पार्टीको कुनै भूमिका नभएको बताउँदै आएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ०८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६