झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्‍ति’ लोकार्पण « Khabarhub

झम्क तिमल्सिनाको उपन्यास ‘विमुक्‍ति’ लोकार्पण


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आख्यानकार झम्क तिमल्सिनाको दोस्रो उपन्यास कृति ‘विमुक्‍ति’ लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित समारोहमा प्राज्ञ तथा कथाकार माया ठकुरी, साहित्यकार भुवनहरि सिग्देल, समालोचक द्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि ठकुरीले कृतिले सामाजिक अन्तरवस्तुलाई समेटेको बताइन् ।

समालोचक डा. अशोक थापाले एउटा सम्भ्रान्त वर्गको छुटेको परिवारको कथा ‘विमुक्ति’मा समेटिएको बताए । उनले समाजमा सबै पक्षले मान्छे सुविधाभोगी भए पनि ऊ भित्र दुःखको पहाड हुने बताउँदै विमुक्‍ति एउटा सामाजिक र दार्शनिक उपन्यास रहेको प्रस्ट पारे ।

अर्का समालोचक महेश पौड्यालले विमुक्तिमा सामाजिक र दार्शनिक पक्ष समेटिएको बताउँदै कृति उच्च सम्भ्रान्त वर्गको कथा भए पनि त्यहाँभित्रको अदृश्य पाटो उत्खनन गरिएको उल्लेख गरे । समाजमा प्रौढ व्यक्तिका दुःख र कथा कम लेखिएको समयमा विमुक्तिले त्यो अभाव पूर्ति गर्ने प्रयास गरेको पौड्यालको भनाइ थियो । 

उपन्यासका लेखक तिमल्सिनाले पाठकको प्रेरणा प्राप्त हुन सके लेखनयात्रालाई निरन्तरता दिने बताए ।

कृषि विकास बैंकका उच्च अधिकारी तिमल्सिनाले यसअघि विज्ञानसँग सम्बन्धित उपन्यास अन्धकूप बजारमा ल्याइसकेका छन् । 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ३७ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा