अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर « Khabarhub

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ ट्रकसहितका सवारी साधन पुगेको देखिएको छ।

फोर्डो भूमिगत सैन्य परिसरको प्रवेशद्वार नजिक गाडीहरूको लामो लस्कर र चहलपहल बढेको उपग्रह तस्वीरले देखाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार जुन १९ र २० मा सयौँ ट्रक र बुलडोजर उक्त स्थानमा देखिएका थिए ।

उच्च-गुणस्तरका उपग्रह तस्वीरअनुसार जुन १९ र २० मा फोर्डोको मुख्य प्रवेशद्वार नजिक कयौँ ट्रक र बुलडोजर देखिएका हुन्।

विशेषगरी जुन १९ मा १६ वटा कार्गो ट्रक सुरुङको प्रवेशमार्गमा पुगेका थिए । जुन २० मा ती ट्रकहरू एक किलोमिटर उत्तर-पश्चिमतर्फ सारिएका थिए। त्यही दिन मुख्य सुरुङको ठीक अगाडि थपै ट्रकहरू र बुलडोजरहरू पनि देखिए।

हत्तारमा हमला निर्णय

जुन २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्नेबारे निर्णय लिन ‘दुई हप्ता’को समय मागेका थिए।

तर, त्यसको दुई दिनमै अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा सुपर बम खसालेर हवाई हमला गर्‍यो।

यस निर्णयको पछाडि के कारण थियो भन्ने प्रश्नमा उत्तरका रूपमा यी उपग्रह तस्वीरहरूलाई आधार मानिएको छ। इरानले आफ्नो परमाणु सामग्री अन्यत्र सार्नुअघि नै अमेरिकाले कारवाही अघि बढाएको दाबी गरेको छ ।

फोर्डो : सर्वाधिक संवेदनशील स्थान

तेहरानदेखि करिब १२० किलोमिटर दक्षिणपश्चिममा रहेको फोर्डो केन्द्र समुद्री सतहबाट ८०–९० मिटरमुनि पहाडभित्र निर्माण गरिएको छ। यो इरानको अत्यन्त गोप्य र सुरक्षित परमाणु समृद्धिकरण केन्द्र मानिन्छ। अमेरिकी राष्ट्रपति अलमलमा पर्नुअघि यहाँ कुनै असामान्य गतिविधि देखिएको थिएन ।

इजरायलले जुन १३ मा इरानमाथि आक्रमण गरेपछि फोर्डो केन्द्रका धेरै उच्च-गुणस्तरका तस्वीर विश्लेषण गरिएका थिए। तर, पछिल्लो तस्वीरभन्दा अघिका कुनैमा यस्ता असामान्य गतिविधि देखिएका थिएनन्।

अमेरिकाले इरानमाथिको हमलापछि अप्रत्याशित कदम चाल्नुपर्नेछ भन्ने भ्रम सिर्जना गर्न व्यापक सैन्य गतिविधि देखाएको थियो ।

सार्वजनिक रूपमा उपलब्ध फ्लाइट ट्र्याकिङ डेटा र एअर ट्राफिक कन्ट्रोलको अडियोअनुसार मिसौरीस्थित ह्वाइटम्यान एयरफोर्स बेसबाट दुई वटा बी-२ स्टेल्थ बमवर्षक विमान शनिबार प्रशान्त महासागर हुँदै पश्चिमतिर गएका थिए। तिनलाई हवाइ इन्धन भर्ने ट्यांकरहरूले साथ दिएका थिए।

तर यी जहाजहरू पश्चिम एशिया पुग्न अझै समय लाग्ने भएकाले आइतबार बिहान इरानमाथि हमला गर्ने बमवर्षकहरू सम्भवतः युरोपको कुनै बेस वा डिएगो गार्सियास्थित अमेरिकी–बेलायती संयुक्त बेसबाट उडेका अनुमान गरिएको छ ।

आइतबार बिहान अमेरिकाले आफ्ना बी-२ स्टेल्थ बमवर्षकबाट १३ हजार ६०० किलो वजनको जीबीयु-५७ए/बी म्यासिभ ओर्डान्स पेनिट्रेटर (एमओपी) बंकर बस्टर बम प्रयोग गरेको हो । जसले २०० फिट गहिरो कंक्रीट पर्खालभित्रै विस्फोट गर्न सक्छ। यस हमलामा इरानका फोर्डो, नतान्ज र इस्फहानका परमाणु केन्द्रहरू लक्षित गरिए।

अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीका अनुसार इरानले यहाँ ८३.७ प्रतिशत शुद्धता भएको युरेनियम समृद्ध गरेको थियो

आईएईएका अनुसार इरानले फोर्डो केन्द्रमा ८३.७ प्रतिशत शुद्धतासम्म युरेनियम समृद्ध गरिसकेको थियो । जुन आणविक बम बनाउन आवश्यक ९० प्रतिशतनजिकै हो ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १ : ३५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली