०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले मनाए १०० दिने सफतला « Khabarhub

०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले मनाए १०० दिने सफतला


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं २०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले प्रदर्शनको एक सय दिन पूरा गरेका छन् ।

फिल्महरु ‘पूर्णबहादुरको सारङ्गी’, ‘लाज शरणम्’ र ‘अञ्जिाला’ले प्रदर्शनको एक सय दिन पार गरेका हुन् । गत वर्ष प्रदर्शनमा आए पनि ०८२ मा दुई फिल्मले यो बिन्दू पार गरेका हुन् ।

फागुन २९ बाट प्रदर्शनमा आएको ‘अञ्जिला’ले गत शुक्रबार मात्रै प्रदर्शनको सय दिन टेकेको थियो । अहिले पनि दैनिक दुई–तीन शोका साथ यो फिल्म चलिरहेको छ ।

गत कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले ४६ करोडभन्दा ग्रस कलेक्सन गरी उक्त सफलता पार गरेको हो ।

त्यस्तै, फागुनबाटै प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ अहिले हलबाट उत्रिसकेको छ । यो फिल्मले जेठ अन्तिममा प्रदर्शनको सय दिन पार गरेको थियो ।

यी तीन मध्ये १०० दिन पार गर्ने र सबैभन्दा कमजोर व्यापार गर्ने फिल्म ‘लाज शरणम्’ हो ।

चलचित्र विकास बोर्डको बक्स अफिस स्रोतका अनुसार अञ्जिलाले १२ करोडभन्दा माथि व्यापार गरेको छ ।

‘लाज शरणम्’को व्यापार भने ७ करोडभन्दा पनि निकै रकम रहेको स्रोतको दाबी छ ।

अर्थात्, औषत व्यापार गरेको यो फिल्मले प्रदर्शनको १०० दिन पूरा गरेको हो । यसलाई अपवाद मान्न सकिन्छ ।

१०० दिन पार गर्नुलाई सफलताका रुपमा लिइन्छ । तर, व्यापारिकरुपमा फ्लप फिल्मलाई सफलताको बिन्दू पार गर्नुलाई कसरी ग्रहण गर्ने होला ?

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : ५५ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन