रहेनन् घाटेवैद्य सुवर्ण बा  « Khabarhub

रहेनन् घाटेवैद्य सुवर्ण बा 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य बा सुवर्ण वैद्यको निधन भएको छ । 

ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । 

यही असार ५ गते राती जय बागेश्वरीमा मचाः ती जात्रामा सहभागी वैद्य प्रसाद ग्रहण गरी निवास तर्फ जानेक्रममा ट्याक्सीले ठक्कर दिएको बताइएको छ । 

काठमाडौं महानगरपालिका वडा नं ८ का संस्कृतिविद, समाजसेवी, तथा पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य, दुई पटक निर्वाचित वडा अध्यक्ष तथा राष्ट्रवादी नेवाः संगठनका सल्लाहकार समेत हुन् । 

घाटे वैद्यका नामले चिरपरिचित वैद्यले दाहसंस्कारका लागि चितामा राखिएका धेरै व्यक्तिलाई जिवनदान दिएर बचाएको इतिहास पनि छ । वैद्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने आर्यघाट चिकित्सालयकी नर्स कल्याणी विष्टले जानकारी दिइन् । 

उनको निधन प्रति दुःख व्यक्त गर्दै विष्टले अन्तिम अवस्थामा आर्यघाट सेवा केन्द्रमा आउने बिरामीहरूको आशाको दियो निभेको बताइन् । खबरहबसँग कुरा गर्दै विष्टले भनिन्, ‘हाम्रो त पिल्लर नै ढल्यो ।’

यो पनि पढ्नुहोस् :

घाटले बोलाएको बिरामीलाई जब वैद्यले १० वर्ष आयु थपिदिए…

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : १३ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर