इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ?  « Khabarhub

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

अमेरिकासँग इरानबीचको आणविक वार्तामा मध्यस्थता गरेका ओमानले यसबारेमा प्रतिक्रिया दिएको छ । ‘यो अवैध आक्रमणकोको निन्दा गर्छौँ’, ओमानले भनेको छ, ‘तत्कालै व्यापकस्तरमा तनाव न्यूनीकरण गर्नु आवश्यक छ ।’

ओमानको सरकारी समाचार संस्था ओमान न्युज एजेन्सीले विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, ‘यो आक्रमणलाई लिएर ओमान सरकार गम्भीर चिन्तित छ। अमेरिकी कदमले द्वन्द्वलाई झनै चर्काउने खतरा पैदा भएको छ । यो कार्य अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको खुला उल्लंघन हो।’

उता कतारले अमेरिकी आक्रमणपछि उत्पन्न खतरनाक तनावले क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै तहमा विनाशकारी परिणाम ल्याउने चेतावनी दिएको छ। 

कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वर्तमान अवस्थाको झनै बिग्रँदो स्थितिप्रति खेद व्यक्त गरिएको छ। सबै सैन्य कारबाही तुरुन्त रोक्न, संवाद र कूटनीतिक माध्यममा फर्कन पनि कतारले जोड दिएको छ।

इराकले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएको विषयमा गहिरो चिन्ता जनाउँदै निन्दा गरेको छ। यस्तो सैन्य कारबाहीले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी कतारले दिएको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : १६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित