इरानी प्रत्याक्रमणबाट इजरायलको तेल अभिभमा ठूलो क्षति, अपार्टमेन्ट ढल्दा २७ जना घाइते  « Khabarhub

इरानी प्रत्याक्रमणबाट इजरायलको तेल अभिभमा ठूलो क्षति, अपार्टमेन्ट ढल्दा २७ जना घाइते 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

अमेरिका–इजरायलको आक्रमणको जवाफस्वरूप इरानले लगातार मिसाइल हानिरहेको छ । आइतबार इरानले इजरायलतर्फ कम्तीमा ४० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । यसक्रममा इजरायलको तेल अभिभमा कम्तीमा २७ जना इजरायली नागरिक घाइते भएका छन्।

तेल अभिभको रमात अभिभ क्षेत्र आक्रमणको मुख्य लक्ष्यमध्ये एक थियो, जहाँ क्षेप्यास्त्रहरूले अपार्टमेन्ट भवनहरूमा ठूलो क्षति पुर्‍याएका छन्।

तेल अभिवका मेयर रोन हुल्दाईले भने, ‘यहाँका घरहरू निकै नराम्रोसँग क्षतिग्रस्त भएका छन्। भाग्यवश, तीमध्ये एक घर पहिले नै भत्काएर पुनर्निर्माण तयारीमा थियो, त्यसैले भित्र कोही बसेका थिएनन्।’

उनले सेल्टरमा बसेकाहरू सबै सुरक्षित र सकुशल रहेका बताएका छन्। ‘भौतिक क्षति धेरै गम्भीर छ, तर मानवीय क्षतिको हिसाबले हामी ठीक छौं’, उनले भने ।
 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : ४३ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर