इरानी प्रत्याक्रमणबाट इजरायलको तेल अभिभमा ठूलो क्षति, अपार्टमेन्ट ढल्दा २७ जना घाइते  « Khabarhub

इरानी प्रत्याक्रमणबाट इजरायलको तेल अभिभमा ठूलो क्षति, अपार्टमेन्ट ढल्दा २७ जना घाइते 


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

अमेरिका–इजरायलको आक्रमणको जवाफस्वरूप इरानले लगातार मिसाइल हानिरहेको छ । आइतबार इरानले इजरायलतर्फ कम्तीमा ४० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । यसक्रममा इजरायलको तेल अभिभमा कम्तीमा २७ जना इजरायली नागरिक घाइते भएका छन्।

तेल अभिभको रमात अभिभ क्षेत्र आक्रमणको मुख्य लक्ष्यमध्ये एक थियो, जहाँ क्षेप्यास्त्रहरूले अपार्टमेन्ट भवनहरूमा ठूलो क्षति पुर्‍याएका छन्।

तेल अभिवका मेयर रोन हुल्दाईले भने, ‘यहाँका घरहरू निकै नराम्रोसँग क्षतिग्रस्त भएका छन्। भाग्यवश, तीमध्ये एक घर पहिले नै भत्काएर पुनर्निर्माण तयारीमा थियो, त्यसैले भित्र कोही बसेका थिएनन्।’

उनले सेल्टरमा बसेकाहरू सबै सुरक्षित र सकुशल रहेका बताएका छन्। ‘भौतिक क्षति धेरै गम्भीर छ, तर मानवीय क्षतिको हिसाबले हामी ठीक छौं’, उनले भने ।
 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : ४३ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज