चिया निर्यात ४० प्रतिशतले बढ्यो « Khabarhub

चिया निर्यात ४० प्रतिशतले बढ्यो


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ ।

चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/८२ को जेठ मसान्तसम्म अलैँची निर्यात तीन दशमलव ८० प्रतिशतले घटेको छ । चालु आवको ११ महिनामा रु सात अर्ब १८ करोड १० लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता नौ दशमलव ६, प्लाइउड ११ दशमलव ६० प्रतिशत र मोलासिस निर्यातमा ४०० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, सिमेन्ट क्लिङ्कर १२ दशमलव ६० प्रतिशत, अदुवा ५९ दशमलव ७० प्रतिशत, अम्रिसो १५ दशमलव दुई प्रतिशत र छुर्पी निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजारको मालवस्तु निर्यात भएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : १० बजे

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा

निरीक्षण र नीतिगत निर्णयमै बिते स्वास्थ्यमन्त्रीका दुई महिना

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली

सरकारको एकीकृत वित्तीय विवरण पेस

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ को सङ्घ,