चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल « Khabarhub

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण मेडिकल कलेज तथा प्रतिष्ठानमाझ सार्वजनिक अपिल जारी गर्दै चिकित्सा शिक्षाको गुणस्तर सुधारका लागि ठोस कदम चाल्न आग्रह गरेको छ ।

नेपाली चिकित्सा शिक्षा अहिले गम्भीर चुनौतीको सामना गरिरहेको र चिकित्सा शिक्षाको गुणस्तरमा कमी आएमा त्यसको प्रत्यक्ष असर सम्पूर्ण स्वास्थ्य क्षेत्रमा पर्न जाने हुँदा यसको सुधार अपरिहार्य रहेको सङ्घले जनाएको छ ।

सङ्घले नौबुँदे अपिल जारी गर्दै चिकित्सा शिक्षामा गुणस्तर कायम राख्न शिक्षा, स्वास्थ्य र नियामक निकायहरु—शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, मेडिकल कलेजहरु, प्राध्यापक, आवासीय चिकित्सक, अभिभावक वर्ग र स्वयं नेपाल सरकार एवं चिकित्सा शिक्षा नीतिका सरोकारवाला सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।

शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धिका लागि अनुसन्धान तथा पेसागत विकासका अवसर प्रदान गर्नुपर्ने, आवासीय चिकित्सकलाई आठौँ तहअनुसारको मासिक निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने, आवासीय चिकित्सक र उनीहरूका परिवारका लागि स्वास्थ्य बिमा योजना लागू गर्नुपर्ने, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवाको पहुँचयोग्य र नियमित व्यवस्था गर्नु पर्नेलगायत बुँदा समावेश गरेको छ ।

सङ्घले सबै सरोकारवाला निकायलाई चिकित्सा शिक्षाको सुधार तथा समग्र स्वास्थ्य सेवा क्षेत्रको उन्नतिमा एकजुट भई अघि बढ्न आह्वान गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १० : १४ बजे

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको