आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था « Khabarhub

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण भएको घटनापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए)ले गभर्नर मण्डलको आपतकालीन बैठक सोमबार बस्ने जानकारी गराएको छ ।

संस्थाले आइतबार बिहान सार्वजनिक गरेको सूचनामा भनिएको छ, “इरानका तीन स्थानहरू फोर्दो, नतान्ज र एस्फाहानमा आक्रमण भए पनि हालसम्म त्यहाँको वरपरको क्षेत्रमा विकिरणको मात्रा बढेको कुनै प्रमाण भेटिएको छैन ।”

आईएईएले थप जानकारी संकलन भइरहेको जनाउँदै, परिस्थिति स्पष्ट हुनासाथ विस्तृत मूल्याङ्कन प्रस्तुत गरिने जनाएको छ ।

यसअघि, संयुक्त राज्यका राष्ट्रपति डोनाल्ड ट्रम्पले ती तीन आणविक स्थलहरूमा सफलतापूर्वक कारबाही सम्पन्न गरिएको जानकारी दिएका थिए ।

इरानका परराष्ट्र मन्त्री सैयद अब्बास आरागचीले आइतबार एक वक्तव्य जारी गर्दै उक्त आक्रमणलाई ‘गम्भीर’ र ‘दीर्घकालीन असर पार्ने घटना’ भनी टिप्पणी गरेका छन् । साथै, उनले इरानले सबै प्रकारका विकल्पहरू खुला राखेको स्पष्ट गरेका छन् ।

आईएईएका प्रमुख राफाएल ग्रोसीले आक्रमण हुनुअघि शनिबार दिनुभएको जानकारी अनुसार, इजरायलद्वारा पछिल्ला केही दिनयता एस्फाहानमा रहेको एक ठूलो आणविक केन्द्रमा पुनः आक्रमण भएको र त्यसबाट केही संरचनाहरूमा क्षति पुगेको उल्लेख गरिएको थियो ।

ग्रोसीका अनुसार, ती स्थलहरूमा अधिकांश अवस्थामा आणविक पदार्थ नभएको वा अल्प मात्रामा मात्र रहेको हुनाले वातावरणमा विकिरण फैलिने सम्भावना न्यून छ ।

उनले भने,“एस्फाहानको यो केन्द्र इरानको आणविक कार्यक्रमको एक महत्वपूर्ण हिस्सा हो । यसमा पटक–पटक आक्रमण भइरहेको अवस्था निकै गम्भीर हो । यद्यपि अहिलेको मूल्याङ्कनअनुसार बाह्य क्षेत्रमा तत्काल कुनै खतराको संकेत देखिएको छैन । तर म बारम्बार दोहोर्याउँदै आएको छु — आणविक पूर्वाधारमाथि कहिल्यै आक्रमण हुनु हुँदैन ।”

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १० : ५२ बजे

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको