त्रियोग चेस सम्पन्न « Khabarhub

त्रियोग चेस सम्पन्न


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब चार सय विद्यार्थीको सहभागिता रहेको थयो। प्रतियोगितामा दुई चरणमा सम्पन्न भएको थियो। पहिलो दिन छनोट चरणको खेल भएको थियो भने दोस्रो दिन फाइनल राउन्डका खेल भए।

प्रतियोगितामा कुल ८ स्पर्धा समावेश थिए। प्रतियोगितामा कक्षा १ देखि ३ सम्म युरो स्कुल, ४ र ५ तर्फ अन्नपूर्ण स्कुल, कक्षा ६ र ७ तर्फ निसर्ग बाटिका तथा कक्षा ८ देखि १० सम्म मनकामना स्कुल पहिलो भए। कक्षा १ देखि ३ छात्रामा युरोकी रुबेस्री चौलागाईं पहिलो, सोही विद्यालयकी आद्रिसी भट्टराई दोस्रो तथा अन्नपूर्णका रिहाना श्रेष्ठ तेस्रो भए।

छात्र तर्फ काठमाडौं गुरुकुलका सुनभ ओझा पहिलो, रातो बङ्गलाका शुभंग प्रधान दोस्रो तथा निस्टका कबिन सिंह रावत तेस्रो भए। कक्षा ४ र ५ छात्रामा फ्युचर स्टारका ग्लोसी श्रेष्ठ पहिलो, आइडब्लूएसकी अग्रता आचार्य दोस्रो तथा अन्नपूर्णकी तृष्टिना बस्नेत तेस्रो भए। छात्रतर्फ माछापुच्छ्रेका साहस श्रेष्ठ पहिलो, दिपज्योतीका मन्दिप आले मगर दोस्रो तथा ल्याब स्कुलका अङ्कुर पोखरेल तेस्रो भए।

छात्रा ६ र ७ मा मार्भलियसका निहाना श्रेष्ठ पहिलो, त्रियोगकी श्रीयश्री तुलाधर दोस्रो तथा विश्व निकेतनकी उज्भानी कर्णेल तेस्रो भए। छात्र तर्फ पुष्प सदनका हार्दिक पन्त पहिलो, निसर्ग बाटिकाका सात्त्विक मान तुलाधर दोस्रो तथा प्रसित खनाल तेस्रो भए।

कक्षा ८ देखि १० का छात्रामा मनकामनाकी प्रसियस अधिकारी पहिलो, मार्भलियसकी कृष्टी रिजाल दोस्रो तथा डिएभीकी प्रज्ञा पन्त तेस्रो भए। छात्र तर्फ पाठशालाका ओसकार पन्त पहिलो, पुष्प बाटिकाका स्प्रनमान श्रेष्ठ दोस्रो तथा मातृभूमिका सबिद प्रजापति तेस्रो भए।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ५८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच