विकासको बाटो कुर्दै सिरहाका बेतौनाबासी | Khabarhub Khabarhub

विकासको बाटो कुर्दै सिरहाका बेतौनाबासी


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजार नगरपालिका– १२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुईपटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको स्वाद चाख्‍न पाएका छैनन् ।

एक सयभन्दा बढी घरपरिवार रहेको यो बस्तीमा न बाटो मर्मत भएको छ, न खानेपानी, न त अन्य कुनै पूर्वाधार निर्माण नै । वरपरका गाउँमा सडक ढलान, मन्दिर, पाहुनाघर, विद्युतीकरण सम्पन्न भइसके पनि पालटोलमा भने अहिलेसम्म विकासका नाममा एक चपेटा माटोसमेत हालिएको छैन ।

विकासका नाममा राज्यका विभिन्न सरकारी निकाय तथा जनप्रतिनिधिबाट सधैँ उपेक्षा गरिएको स्थानीय पूर्वशिक्षक शम्भु राउतले बताए । उनले भने, ‘हामी विपक्षी ठहरिएका छौँ, त्यसैले जनप्रतिनिधिले नजरअन्दाज गरे । पटकपटक वडाबाट पालिकासम्म गुहार गर्दा पनि हाम्रो आवाज सुन्ने कोही छैन ।’

बस्तीका ७८ वर्षीय सुकदेव राउतको गुनासो उस्तै छ । उनी भन्छन्, ‘अब त पानी पनि अरूकहाँबाट ल्याएर पिउनुपरेको छ ।’ अन्य स्थानीयहरूले पनि बस्तीलाई दलगत राजनीतिले विभाजित गरेर विकासबाट टाढा राखिएको आरोप लगाएका छन् ।

यसबारेमा वडाध्यक्ष गणेशकुमार मुखिया भन्छन्, ‘बजेट अभावका कारण काम ढिलो भएको हो । हामीले पालटोललाई बेवास्ता गरेका होइनौँ । सडक ढलानको काम एकैपटक मिलाएर प्रभावकारी बनाउने सोच छ, त्यसैले केही समय लागिरहेको हो । विकास गर्न हामी पनि इच्छुक छौँ, तर स्रोत साधनले सीमित बनाएको छ ।’

नगरप्रमुख श्यामकुमार श्रेष्ठले पालटोलको अवस्थाबारे जानकारी रहेको भन्दै नगरपालिकाले सम्भव भएसम्म छिट्टै पूर्वाधार विकास गर्ने योजना बनाइरहेको बताए । ‘हामीलाई पालटोलका समस्या थाहा छ, बजेट र प्राथमिकताको आधारमा पालिकाभित्रका सबै वडामा विकासको सन्तुलन मिलाउने कोसिस गर्दैछौँ’, उनले भने, ‘यसपालिको नीति तथा कार्यक्रममा पनि पालटोललाई समेट्ने प्रयास गरिएको छ ।’ (रासस)

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ५६ बजे

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय

वीरगञ्ज– जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य

पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा

कास्की– पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार