तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना | Khabarhub Khabarhub

तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वैशाख १ गतेदेखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपदमा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन् भने चार हजार ३२३ परिवार प्रभावित भएको प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।

उनका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका मात्रै १५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उनको भनाइ छ ।

त्यसैगरी पहिरोका दुई सय सात घटनामा नौ र भारी वर्षाका एक सय तीन घटनामा दुई जनाको मृत्यु भएको छ । चट्याङका दुई सय २९ घटनामा २८, सर्पदंशका ६३ घटनामा पाँच, आगलागीका नौ सय ७६ घटनामा १४ जनाको मृत्यु भएको छ ।

यस्तै, उनले हुरीबतासका दुई सय ७३ घटनामा आठ, जनावर आक्रमणका एक सय २१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको मृत्यु भएको पनि बताए । अन्यमा र डढेलोका एक सय ५८ वटा घटना, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई, असिनापानीका दुई घटना भएको तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार २५४ घर प्रभावित बनाएको छ । यस्तै पहिरोले दुई ४१, भारी वर्षाले पाँच सय ४७, चट्याङले दुई सय ६४, सर्पदंशले ७० र आगलागीले एक हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

डढेलोबाट २७, हुरीबतासबाट पाँच सय ३१, जनावरको आक्रमणबाट एक सय ८६, लेक लागेर ३२, डुङ्गा पल्टिएर पाँच, असिनापानी र हुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । (रासस)

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : २२ बजे

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय

वीरगञ्ज– जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य

पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा

कास्की– पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार