विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’ | Khabarhub Khabarhub

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् ।

भोजपुर नगरपालिका– ५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेका हुन् ।

विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । ‘वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी आठ वर्ष बिताएँ, अहिले विदेश छाडेर यहाँ नै व्यावसायिक कृषिमा लागेको छु । परिवारसँग बसेर आफ्नै ठाउँमा विदेश बराबरको आम्दानी गरिरहेको छु’, उनले भने ।

‘उन्नति कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर गाउँमा नै व्यावसायिक रूपमा कृषि पेसामा जुटेको उनको भनाइ छ ।

राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट दुईदेखि तीन लाखसम्म आम्दानी लिने लक्ष्य रहेको उनले बताए । आफ्नो बारीमा अहिले एक हजार ४०० बोट खुर्सानी लगाएको उनले जानकारी दिए । युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उनले बताए ।

आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी दुई सयदेखि तीन सयमा बिक्री हुने गरेको उनले जानकारी दिए । यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाडौंलगायत सहरमा जाने गरेको उनले बताए ।

पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा कीरा लाग्ने, जरा कुहिनेलगायत रोग देखिन थालेको उनको भनाइ छ ।

खुर्सानीखेतीसँगै पशुपालन पनि गरिरहेकाले प्राङ्गारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानीखेती गर्दै आएको विष्टले बताए । मानव स्वास्थ्यलाई ध्यानमा राखेर  गोबर मलको मात्र प्रयोग गरेको उनको भनाइ छ । करिब आठ रोपनी क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको पनि उनले बताए ।

व्यावसायिक कृषिमा लागेका किसानलाई तालिमसँगै प्राविधिक सहयोग भएमा थप सहजता हुने उनले बताए ।

उनले राज्यले किसानलाई उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै आवश्यक सहयोग गर्नुपर्ने बताए । (रासस)

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : ३१ बजे

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय

वीरगञ्ज– जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य

पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा

कास्की– पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार