चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै | Khabarhub Khabarhub

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ ।

गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र नेपाली नागरिकलाई बुधबार तातोपानी (चाङ्मु) नाकाबाट नेपाल ल्याउन लागिएको हो ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले यसबारेमा जानकारी दिएका छन् । महावाणिज्यदूत निरौलाका अनुसार केरुङमा अलपत्र २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ ।

दुवै देशबीच कुटनीतिक पहलपछि चीन सरकारसँगको समन्वय र सहयोगमा तीन नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।

अलपत्र नेपाली नागरिकमध्ये कतिपयसँग नेपाल जाने भाडा र खाना खर्चसमेत नभएको जानकारी दिँदै उनले चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको समन्वय र चीन सरकारका सम्बन्धित निकायको सहयोगमा उनीहरूलाई तातोपानी नाकासम्म पुर्‍याइने जानकारी दिए ।

तातोपानीमा पुर्‍याएपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ । महावाणिज्यदूत निरौलाले बाढीपीडित नेपाली नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाएर नाकासम्म लैजान लगेकोमा चीन सरकारलाई धन्यवाद दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : ३६ बजे

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय

वीरगञ्ज– जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य

पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा

कास्की– पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार