मदन पुरस्कार २०८१ : उत्कृष्ट सात पुस्तक सार्वजनिक « Khabarhub

मदन पुरस्कार २०८१ : उत्कृष्ट सात पुस्तक सार्वजनिक


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन्।

मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकहरूबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको हो।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार, छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्।

यी सातमध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ।

छनोटमा परेका पुस्तक

उरमाल – छुदेन काविमो
छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
दर्ज्यु संलाप – कुमारी लामा
पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा
बहुरुपी – श्रेयज सुवेदी
भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा
हिउँको गीत – तीर्थ गुरुङ

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : ५४ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा