गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा | Khabarhub Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित  कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै त्यसतर्फ गएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेले आफ्नो अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकेका छन् ।

चीन प्रस्थान गर्नु पूर्व मुख्यमन्त्री पाण्डेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूले बिदाइ गरेका थिए  । भ्रमण टोली यही साउन १२ गते नेपाल फर्कने कार्यक्रम छ ।
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ०५ बजे

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय

वीरगञ्ज– जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य

पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा

कास्की– पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार