बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा « Khabarhub

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन भएको बताएका छन् ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।  

‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हो,’ सभापति देउवाले भने । 

बीपीको सिद्धान्त र स्थापित मूल्य–मान्यताकै कारण कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ थियो ।
 
‘बीपी कोइरालाको जीवन सधैँ संघर्ष र आन्दोलनमा नै गुज्रियो,’ सभापति देउवाले भने, ‘उहाँको त्याग, योगदान, स्थापित मूल्य–मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’

देउवाले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई झन् बलियो बनाउन बीपीले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको जिकिर गरे ।
 
‘राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ,’ उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ३२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र