बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा « Khabarhub

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन भएको बताएका छन् ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।  

‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हो,’ सभापति देउवाले भने । 

बीपीको सिद्धान्त र स्थापित मूल्य–मान्यताकै कारण कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ थियो ।
 
‘बीपी कोइरालाको जीवन सधैँ संघर्ष र आन्दोलनमा नै गुज्रियो,’ सभापति देउवाले भने, ‘उहाँको त्याग, योगदान, स्थापित मूल्य–मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’

देउवाले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई झन् बलियो बनाउन बीपीले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको जिकिर गरे ।
 
‘राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ,’ उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ३२ बजे

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,