बसको ठक्करबाट ७१ वर्षीया वृद्धाको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट ७१ वर्षीया वृद्धाको मृत्यु


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– बसको ठक्करबाट मंगलबार पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । 

बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नं.को बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले बताए। 

ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाँउपालिका–२, छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ३५ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न