शहरी विकास मन्त्रालयले भन्यो- गत आर्थिक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण गर्‍यौँ | Khabarhub Khabarhub

शहरी विकास मन्त्रालयले भन्यो- गत आर्थिक वर्षमा ११ हजार सुरक्षित आवास निर्माण गर्‍यौँ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा ११ हजार वटा सुरक्षित आवास निर्माण गरेको जनाएको छ ।  

आर्थिक वर्ष २०८१/८२ मा भएका प्रमुख कार्यका बारेमा जानकारी गराउन मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शहरी विकास मन्त्रालयले सोही अवधिमा ५ वटा आकस्मिक आश्रय भवन निर्माण भएको समेत जनाएको छ । 

त्यस्तै पहुँच सुधारका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्त बहुत्तरी झोलुङ्गेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्यमुख्य संरचनाहरू सर्वसाधारणका लागि खुला गरिएको, फोहरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण भइरहेको र १ केन्द्रको निर्माण भइरहेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय शहरी नीति, २०८१, नेपाल स्मार्ट शहर सम्बन्धी सूचकका साथै विशिष्ट संरचना तथा सम्मेलन केन्द्र गठन विकास समिति सञ्चालन तथा व्यवस्थापन आदेश कार्यान्वयनमा आएको उनले बताए । 

यसैगरि अन्तराष्ट्रियस्तरको त्रिवि क्रिकेट स्टेडियम अन्तर्गत प्याराफेट र फ्लडलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९७ वटा स्वास्थ्य भवन निर्माण, ५ वटा सभाहल, २१ वटा सरकारी कार्यालय भवन निर्माण, ९७ वटा विद्यालय भवन निर्माण भएको प्रवक्ता मैनालीले जानकारी दिए  । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : १६ बजे

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र