सरकारलाई सार्वजनिक यातायात क्षेत्रको संशोधन प्रस्ताव « Khabarhub

सरकारलाई सार्वजनिक यातायात क्षेत्रको संशोधन प्रस्ताव


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी तथा यातायात व्यवस्था ऐनको सुधारको माग गर्दै आन्दोलनरत यातायात क्षेत्रका व्यवसायी र मजदुरले सरकारलाई संशोधन प्रस्ताव बुझाएका छन् ।

विद्यमान कानुनमा दण्ड, सजायका विषयमा असहमति जनाउँदै आएका व्यवसायी र मजदुरले सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१, राष्ट्रिय यातायात नीति २०८१ र सडक सुरक्षा विधेयक २०८१ मा संशोधनको प्रस्ताव सरकारलाई बुझाएका हुन् ।

यातायात मजदुर तथा व्यवसायीका माग र मुद्दा समेटेर तयार गरिएको साझा संशोधन सुझाव कार्यदलका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तलाई बुझाइएको बैठकमा सहभागी मजदुर नेता भीमज्वाला राईले बताए ।

सार्वजनिक यातायात क्षेत्रलाई यात्रुमैत्री बनाउने, श्रमिकको सुरक्षालाई प्राथमिकतामा राख्ने र निजी क्षेत्रको लगानीलाई संरक्षण गर्ने सैद्धान्तिक विषय सुझावमा रहेको ज्वालाले बताए । सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकलाई सूचीकरणका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको पनि उनले बताए ।

‘हाम्रो तर्फबाट सुझाव दिएका छौँ, सरकारले उक्त सुझावको अध्ययन गरेपछि पुनः बैठक बस्ने कुरा भएको छ ।’ सङ्घर्ष समितिका संयोजक विजयबहादुर स्वाँरले भने, ‘अध्ययनपछि विभिन्न ऐन, कानुन र नियमावलीका बारेमा छुट्टाछुट्टै बैठक बसेर कार्यदलको साझा धारणा बनाउने र नमिलेका विषयमा विषयगत विज्ञसँगको सल्लाहका आधारमा निष्कर्षमा पुग्नेछौँ ।’

सार्वजनिक यातायात क्षेत्र बचाउ सङ्घर्ष समिति गठन गरेर जेठ १९ र २० गते यातायात व्यवसायी र मजदुरले आह्वान गरेको देशव्यापी हड्तालपछि सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव पन्तको संयोजकत्वमा सार्वजनिक यातायात सुधारका लागि सुझाव सिफारिस कार्यदल गठन गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ३० बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने