माधव ढुंगेलको सुझाव : पूर्वराष्ट्रपतिलाई विवादित नबनाऔँ, उच्च सम्मानसहित भूमिका दिऊँ « Khabarhub

माधव ढुंगेलको सुझाव : पूर्वराष्ट्रपतिलाई विवादित नबनाऔँ, उच्च सम्मानसहित भूमिका दिऊँ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे सार्वजनिक तथा संगठनात्मक व्यवहारमा सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।

उनले भण्डारीको पार्टी सदस्यता नवीकरणलाई ‘सामान्य प्रक्रिया मात्र नभई, नेतृत्व तहकै उच्च समझदारीको विषय’ भएको औंल्याउँदै उनलाई विवादास्पद बनाउनु पार्टी र व्यक्ति दुवैका लागि हानिकारक हुने चेतावनी दिए।

ढुंगेलले मंगलबार केन्द्रीय कमिटीमा धारणा राख्ने क्रममा अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सक्षम, खारिएको र संघर्षशील रहेको बताएका छन्।

‘हामी विधान महाधिवेशनको तयारीमा छौं, अहिलेको नेतृत्व २०८४ को मिसन पूरा गर्न सक्षम छ,’ उनले भने, ‘नेतृत्व परिवर्तन आवश्यक छ कि छैन भन्ने बहस समय आएपछि गरौंला।’

पूर्वराष्ट्रपतिले पार्टी सदस्यता नवीकरण गरिसकेको अवस्थामा त्यसलाई प्रक्रियागत त्रुटीका रूपमा मात्रै नहेर्नु पर्ने उनले सुझाए। ‘यो सामान्य प्रक्रिया होइन, पार्टी नेतृत्वकै उच्च समझदारी र निर्णयको विषय हो,’ ढुंगेलले उल्लेख गरे।

उनले विद्या भण्डारी एमालेको गौरवपूर्ण सम्पत्ति भएको पनि बताए । ‘हामीले बनाएको जम्मा एउटा राष्ट्रपति हो,’ ढुंगेलले भने, ‘पूर्वराष्ट्रपतिलाई पार्टीले गौरवको रूपमा स्वीकार गर्नुपर्छ ।’

उनले राष्ट्रपति पदको साख राख्नुपर्नेमा जोड दिए ।‘यसको साख राख्न सकिएन भने व्यक्तिविशेष र पार्टी दुवैलाई क्षति पुग्छ,’ उनले चेतावनीको शैलीमा भने ।

ढुंगेलले भण्डारीलाई सक्रिय राजनीतिमा अनपेक्षित ढंगले ल्याएर विवादमा पार्नुभन्दा, सम्मानजनक भूमिका तय गर्नु उपयुक्त हुने धारणा राखे।

‘सक्रिय राजनीतिमा विवादास्पद बनाएर ल्याउनु उपयुक्त होइन,’ उनले भने । पार्टी पंक्ति र आमजनताले उच्च सम्मानसाथ व्यवहार गर्न सक्ने वातावरण तयार गर्नुपर्ने उनले उल्लेख गरे।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ०१ बजे

मतपेटिका ढुवानी नेपाल प्रहरीले गर्ने : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक