एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

‘मिसन ८४ को नेतृत्व ओलीबाटै’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा १८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्‌ ।

केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोल्ने क्रम सुरु भएको छ । उनीहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले उनीहरूका प्रतिवेदन माथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

आयोगका अध्यक्षहरूलाई बोल्नको लागि सात मिनेटको समय दिइएको छ । तीनवटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको बैठकका सहभागी एक नेताले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २६४ वटा सवाल सङ्कलन गरिएको छ । त्यसका आधारमा पार्टीले धारणा बनाउने र विधान अधिवेशनमा त्यसलाई प्रस्तुत गरेर छलफल पछि पास गर्ने तयारी छ ।

हिजो र आजको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन २०८४ मा जानुपर्ने बताएका छन्‌ । त्यस निम्ति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्ने धारणा उनीहरूको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : २० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र