नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने « Khabarhub

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका लागि फ्रान्ससँग सहकार्य गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धापछि मन्त्रालयले फ्रान्ससँगको सहकार्य उत्तम हुने निष्कर्ष निकालेको हो ।

प्रविधि हस्तान्तरण एवम् दीर्घकालीन औद्योगिक सहकार्यलाई मध्यनजर गर्दै मन्त्रालयले फ्रान्ससँगको साझेदारीलाई अघि बढाउने तयारी गरेको हो । विभिन्न प्राविधिक समिति सम्मिलित सघन परामर्शपछि यो निर्णय लिइएको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ ।

यसको लागत ७ अर्ब डलर हुने जनाइएको छ । भारतले हाल नयाँ पुस्ताको एडभान्स्ड मिडियम कम्ब्याट एअरक्राफ्ट (आम्का) को विकास गरिरहेको छ ।

समाचारमा जनाइएअनुसार भारतले वर्ष सन् २०२६–२७ मा आम्काका ५ वटा प्रारुप तयार पार्नेछ । यो विमानको पहिलो उडान सन् २०२८ मा हुने अपेक्षा गरिएको छ । सन् २०३२ मा प्रमाणित भएपछि सन् २०३५ मा यसको उत्पादन शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : १८ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री