ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए « Khabarhub

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले आपत्ति जनाएका छन् ।

थापाले बोल्न समय मागेपछि अध्यक्ष केपी शर्मा ओलीले नदिएको स्रोतले जनाएको छ ।

समय माग्दा नदिएर ओलीले केन्द्रीय कमिटी बैठक समापन गर्न खोज्दा थापाले आपत्ति प्रकट गरेका हुन् । उनको आपत्तिबीच ओलीले अहिले समापन भाषण गरिरहेका छन् ।

एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखे ।

केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोले । उनीहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले प्रश्नहरूको जवाफ दिए ।

आयोगका अध्यक्षहरूलाई बोल्नको लागि ७ मिनेटको समय दिइएको थियो । तीनवटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ५१ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र