एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै « Khabarhub

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर अन्य नेताले जवाफ दिइसकेपछि अध्यक्ष केपी शर्मा ओलीले लामो सम्बोधन गरिरहेका छन् ।

एकजना केन्द्रीय सदस्यका अनुसार बैठकमा १३१ जनाले पार्टी विधान र समसामयिक बिषयमा आफ्ना धारणा राखे ।

बैठकमा त्यसपछि केन्द्रीय निकायका प्रमुखहरूले बोलेका छन् । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठकका निर्णय सुनाउने क्रममा लामो सम्बोधन गरेका हुन् । उनले यो तीन दिने बैठकको घोषणा पनि सार्वजनिक गर्नेछन् ।

यो पटक एमालेमा सचिवालय र पोलिटब्युरो सदस्यले बोलिसकेको कमिटीमा बोलिसकेकाहरूलाई केन्द्रीय सदस्यसमक्ष आफ्ना धारणा राख्न रोक लगाइएको छ। त्यहीकारण बोल्न समय माग्दा पनि स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई ओलीले समय दिएनन् ।

यसअघिका एमाले केन्द्रीय कमिटी बैठकमा निर्णय सार्वजनिक गर्ने चलन थियो । यो पराम्परागत चलन छाडेर पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठकको पनि `घोषणा पत्र´ सार्वजनिक गर्दैछ । जसलाई ओलीले सार्वजनिक गर्दैछन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १० : ५० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र