ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन | Khabarhub Khabarhub

ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिलेकै अवस्थामा पार्टीअध्यक्षको भूमिका दिन नसकिने बताएका छन् ।

तीन दिनदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी नवौँ केन्द्रीय कमिटी बैठकमा मंगलबार राति समापन भाषण दिने क्रममा उनले अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीको नेतृत्व दिन नसकिने बताएका हुन् ।

‘अहिलेकै अवस्थामा उहाँलाई पार्टीको अध्यक्ष बनाउन सकिँदैन’, ओलीको भनाइ उद्धृत गर्दै एकजना केन्द्रीय सदस्यले भने, ‘उहाँलाई पार्टीमा फर्काउने नफर्काउने विषयमा छलफल आवश्यक छ। तर पार्टीको नेतृत्व उहाँलाई अहिले नै हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’

केन्द्रीय सदस्यहरूले बोलिसकेर अन्य नेताले जवाफ दिइसकेपछि अध्यक्ष ओलीले लामो सम्बोधन गरिरहेका छन् । उनको सम्बोधन लम्बिँदा बैठक पनि मध्यराति मात्रै समापन हुने सम्भावना छ ।

एकजना केन्द्रीय सदस्यका अनुसार बैठकमा १३१ जनाले पार्टी विधान र समसामयिक बिषयमा आफ्ना धारणा राखेका थिए ।

बैठकमा त्यसपछि केन्द्रीय निकायका प्रमुखहरूले बोले । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठकका निर्णय सुनाउने क्रममा लामो सम्बोधन गरेका हुन् । उनले यो तीन दिने बैठकको घोषणा पनि सार्वजनिक गर्नेछन् ।

यो पटक एमालेमा सचिवालय र पोलिटब्युरो सदस्यले बोलिसकेको कमिटीमा बोलिसकेकाहरूलाई केन्द्रीय सदस्यसमक्ष आफ्ना धारणा राख्न रोक लगाइएको छ। त्यहीकारण बोल्न समय माग्दा पनि स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई ओलीले समय दिएनन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : १५ बजे

ट्रंकलाइन विवाद : संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली– पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

त्रिशूली– स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्जनमा समस्या भएको छ। नुवाकोटको