पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो « Khabarhub

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनलाई अहिलेलाई रातो झन्डा देखाइएदिएका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधनका क्रममा उनले राजनीतिक दलभन्दा माथि भएकैले पूर्वराष्ट्रपतिलाई ‘गणतन्त्र गौरव’को सम्मान दिइएको पनि स्मरण गराएका छन् ।

अहिलेकै अवस्थामा उनलाई राजनीतिमा ल्याएर एमालेको अध्यक्ष बनाउने सम्भावनालाई ठाडै नकारेका ‌ओलीले ‘गणतन्त्र गौरव’ले सम्मान गरिसकेको अवस्थामा उनले त्यहीअनुसार बस्नुपर्ने बताएका छन् ।

‘सबै पार्टी बोलाएर उहाँलाई गणतन्त्र गौरवले सम्मान गरेको पनि राजनीतिक दलको राजनीतिभन्दा माथि हो भनेरै हो’, उनले भने, ’राजा हटाएर बनाएको संस्थाको प्रमुख भएको व्यक्तिलाई हामी सबैले सम्मान गर्नुपर्छ । पार्टीले उहाँलाई सम्मान गर्छ ।’

एमालेले पूर्व राष्ट्रपति भण्डारीलाई २०८१ वैशाख १० गते ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सवको अवसर पारेर एमालेले उनलाई सो सम्मान प्रदान गरिएको थियो ।

त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रूपमा उनलाई सम्मान प्रदान गरेका थिए । ओलीले मंगलबारको सम्बोधनमा यही प्रसंग झिकेका हुन् ।

एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलालाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको थियो ।

भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भूमिका निर्वाह गरेकी थिइन् । समारोहलाई सम्बोधन गर्दै त्यसबेला उनले एमालेप्रति आभार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : २९ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार

रास्वपा केन्द्रीय समिति बैठक जारी, महाधिवेशनको समीक्षादेखि आगामी अभियानबारे छलफल हुँदै

काठमाडौं– रास्वपा केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।