आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अगष्ट २२ तारिख। आज प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु उचित हुनेछ। साथीले धोका दिने जोखिम छ। शिक्षा र स्वास्थ्यमा थप मिहिनेत गर्नुपर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा नयाँ यात्राको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशको धनले मन आकर्षित गर्नेछ।

मिथुन : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी बढ्नेछ। धार्मिक क्षेत्रमा मन मन नजाने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने दिन छ। ठुला व्यक्तिको सुझाव अनुसार काम गर्नु उचित हुन्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। डुब्न लागेको धन उठ्ने छ। हरेक क्षेत्रमा हुने अवरोधबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परोपकारमा लगानी गर्नु राम्रो हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारको निर्णय तपाईंको पक्षमा हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

वृश्चिक : दिन सामान्य छ। आफन्त भनेर विश्वास गरेका साथीले धोका दिनेछन्। अरुको ख्याल गर्दा आफ्नो स्वास्थ्यमा समस्या हुनसक्छ। राज्यको अंगमा गरेको सेवाबाट नाफा हुनेछ। परिवारमा गोप्य कुरा नसुनाउनु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको लगानी डुब्ने जोखिम छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै बोलीका कारण साथीभाइ टाढा हुनेछन्। परिवारको सल्लाह लिएर मात्र काम गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

कुम्भ : दिन सामान्य छ। सानासाना कुरामा विवाद बढ्नेछ। थोरै बोल्नु उचित हुन्छ। संकटमा गुरुको साथले महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक यात्रा हुने योग छ। आज राजनीति नगर्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। आफ्नै बोलीका कारण आफन्त टाढिने छन्। शिक्षामा लाभ भए पनि राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक सहजै बन्नेछ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ५७ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा