‘कन्चना ४’ बाट तमिल सिनेमामा डेब्यु गर्दै नोरा फतेही « Khabarhub

‘कन्चना ४’ बाट तमिल सिनेमामा डेब्यु गर्दै नोरा फतेही


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल आफ्नो पेशागत यात्राको सफलता भोगिरहेकी क्यानेडियन डान्सर तथा बलिउड अभिनेत्री नोरा फतेही, ‘ओ मामा ! तेतेमा’ जस्ता गीतबाट चर्चित छन्। तर अब उनी अभिनयको दुनियाँमा नयाँ चुनौती लिन लागेकी छिन्। डर–कमेडी फ्रेन्चाइजको चौथो भाग ‘कन्चना ४’ बाट उनी तमिल सिनेमा क्षेत्रमा डेब्यु गर्न तयार छिन्।

भारतीय मिडिया हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा अभिनेत्री नोराले फिल्मको बारे बताउँदै भनिन्, ‘जब मलाई कञ्चना ४ को अफर आयो, मलाई तुरुन्तै लाग्यो कि यो तमिल सिनेमामा पाइला राख्नको लागि सही परियोजना हो। फ्रेन्चाइजले पहिले नै दर्शक माझ अपार लोकप्रियता बनाइसकेको थियो । स्क्रिप्ट यति रोचक र अनौठो थियो कि मैले तुरुन्तै यसको हिस्सा बन्न सहमति दिए ।’

‘फिल्म ‘मडगाउँ एक्सप्रेस’ को सफलता पछि फेरि एउटा कमेडीमा काम गर्ने उत्साह थियो । ‘कन्चना ४’ त्यस अवसरका लागि उपयुक्त परियोजना जस्तो लाग्यो’, उनले थप भनिन् ।

अहिलेसम्म हिन्दी फिल्म ‘बि ह्यापी’ र ‘स्ट्रीट डान्सर थ्रीडि’ मा अभिनय गरिसकेकी नोरा फतेहीले मल्यालम र तेलुगु फिल्म उद्योगमा पनि काम गरेकी छिन्।

उनी भन्छिन्, ‘प्रत्येक फिल्म उद्योगको आफ्नै विशेषता छ। तमिल सिनेमा कथामा आधारित हुन्छ र प्रदर्शनमा जोड दिन्छ, बलिउड भने आफ्नो ठुलो ऊर्जा लिएर काम गर्छ। दुवै उद्योग चलचित्रप्रति उत्साही छन्, तर काम गर्ने शैली, दर्शकको अपेक्षा र निर्माण प्रक्रिया फरक छ। मेरो लागि दुवै दुनियाँबाट अनुभव लिनु रोमाञ्चक छ।’

यसरी नोरा फतेहीले विभिन्न भाषाका फिल्म उद्योगमा काम गर्ने अनुभवसँगै तमिल सिनेमा प्रवेश गरेर आफ्नो पेशागत यात्रा अझै व्यापक बनाउन लागेकी छन्।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ५८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना