करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय « Khabarhub

करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो ।
 
कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो ।  व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करबारे  जानकारी दिइएको छ ।  उनले भने,’बिलबिजकको प्रयोग, करसम्बन्धी ‘पोर्टल’सञ्चालनबारे सिकाएका छौँ ।’
 
उक्त कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय दर्ता भएका थिएभने  चालु आवको पहिलो  महिनामा ३५७ व्यवसाय दर्ता भएका छन् । 

चालु आवको पहिलो महिनामा रु १५ लाख ३३ हजार ९११ राजस्व संकलन भएको छ । गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार संकलन भएको थियो ।
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ८ : ४८ बजे

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै

कास्कीका नेता राजु राईले छाडे रास्वपा, लेखे : पुराना जस्तै यो पनि बिग्रियो

कास्की- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले चुनावको